Phone

+056-560714

Ratnanagar-12

Tandi, Chitwan

School Result || College Result
Logo

Sky Rider
Higher Secondary English Boarding School



News and Notice Description:

APR
10

2020



News

  • परीक्षा स्थगीत भएको बारे
    • आदरणीय अभिभावक ज्यू, शिक्षक/कर्मचारी मित्रहरु र विद्यार्थी भाइबहिनीहरु, विश्वभर फैलिएको महामारी (COVID-19) को कारणले हामी सबैको दैनिकी प्रभावित भएको कुरा यहाँहरुलाई अवगत नै छ। यस्तो परिस्थितिमा हामी सबै सुरक्षित रहनु नै प्रमुख कार्य हो। नेपाल सरकारले गरेको लकडाउनको पालना गर्नु र जीउ ज्यानको सुरक्षा गर्नु हामी सबैको जिम्मेवारी हो। विध्यालयको बार्षिक कार्यतालिका अनुसार मिति २०७६ साल चैत्र २८ गते हुने भनिएको कक्षा नर्सरी देखि कक्षा ९ सम्मको नतीजा प्रकासन कार्यक्रम सोही कारणले गर्दा अर्को सूचना प्रकाशित नभएसम्म स्थगित भएको जानकारी गराउन चाहन्छु । सो महामारीको कारणले तोकिएको समयमा कार्यक्रम नहुँदा यहाँहरुलाई पर्न गएको कठिनाइ प्रति विध्यालय क्षमाप्रार्थी छ । कक्षा १०, ११ र १२ का विद्यार्थी भाइबहिनीहरुलाई स्थगित भएको परीक्षाको राम्रो तयारी गर्न र शिक्षकहरु सँग फोन सम्पर्क द्वारा आफ्ना समस्या समाधान गर्न पनि अनुरोध गर्दछ। साथै नयाँ वर्ष २०७७ ले हामी सबैको कठिनाई सदाको लागि हटाओस, महामारीबाट हामी सबै नागरिक सुरक्षित हुन सकियोस् भन्ने शुभकामना व्यक्त गर्दछु। प्राचार्य स्काइ राइडर स्कूल, चितवन


BACK

Developed by Rabindra Acharya

2016. © All right reserved
Sky Rider Higher Secondary English Boarding School
Ratnanagar-12, Tandi, Chitwan