Phone

+056-560714

Ratnanagar-12

Tandi, Chitwan

School Result || College Result
Logo

Sky Rider
Higher Secondary English Boarding School



News and Notice Description:

JUN
20

2020



News

  • Notice for parents
    • आदरणीय अभिभावकज्यू, नमस्कार ! विश्व मानव समुदाय कोभिड -१९ का कारण इतिहासकै गम्भीर मोडमा गुज्रिरहेको सर्वविदितै छ। संकटको यस घडीमा आफू, आफ्नो परिवार लगायत समाजलाई कोभिड-१९ को संक्रमणबाट सुरक्षित रहन उच्च सतर्कता अवलम्बन गर्नुहुन विनम्र अनुरोध गर्दछौं। प्राकृतिक महामारीबाट विश्वभरका हरेक क्षेत्र प्रभावित भइरहेको यस अवस्थामा शैक्षिक जगत् पनि अछुतो रहन सकेन जसबाट हाम्रा अध्ययन अध्यापन लगायतका शैक्षिक गतिबिधिहरु समेत प्रभावित भएका छन्। यसप्रकारको जटिल परिस्थितिमा पनि हाम्रा बाबु नानीहरूको सिक्ने सिकाउने अध्ययन अध्यापन का गतिविधिहरुलाई सधै स्थगित गरि रहन उपयुक्त नहुने र सिकाइ क्रियाकलापलाई निरन्तरता दिनुपर्ने आवश्यकता महसुस गर्दै शैक्षिकसत्र २०७७ लाई अगाडि बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७ असार १ गतेदेखि वैकल्पिक माध्यमबाट शिक्षण सिकाइलाई निरन्तरता दिन निर्देशिका जारी गरिसकेको छ। यही निर्देशिकालाई अवलम्बन गर्दै हाम्रो विद्यालयले पनि कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई गृहकार्य घरघरमा पठाउने र कक्षा ६ बाट १० सम्म भर्चुअल कक्षा सञ्चालन गरिरहेको समेत जानकारी गराउँदछौं। परिस्थितिजन्य प्रतिकूलताका कारण विद्यालयमा भौतिक रुपमा उपस्थित हुन नसकी विकल्पको खोजी गर्नुपर्दा हाम्राअभिभावक, विद्यार्थी तथा शिक्षक कर्मचारीहरुमा पर्न गएको असुविधाप्रति हामी गम्भीर छौं र यसलाई परिस्थितिजन्य प्रतिकूलताको रूपमा ग्रहण गरिदिनुहुन र यस वैकल्पिक कक्षाको अधिकतम सदुपयोग गरी आफ्ना बाबुनानीहरूको सिकाइ क्रियाकलापलाई यथाशक्य प्रभावकारी बनाउनका लागि यहाँहरूको महत्वपूर्ण भूमिका एवं सहयोगको अपेक्षा गरेका छौं। अन्त्यमा, शैक्षिक सत्र २०७७ मा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरूको विवरण विद्यालयमार्फत् शिक्षा मन्त्रालयमा अध्यावधिक गराउनु पर्ने भएकाले मिति २०७७ असार १५गतेसम्म सम्पूर्ण अभिभावक ज्यूहरुलाई यथाशीघ्र विद्यालय प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध सहित सूचित गर्दछौं। प्राचार्य


BACK

Developed by Rabindra Acharya

2016. © All right reserved
Sky Rider Higher Secondary English Boarding School
Ratnanagar-12, Tandi, Chitwan